
भक्तपुरमा एक महिला मृत अवस्थामा फेला परिन सूर्य्विनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ । सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उनले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने उनले बताए । घटनाको भने प्रहरीले सूक्ष्म अध्ययन शुरु गरेको उनले जानकारी दिए । रासस