पाँचथरको फाल्गुनन्द गाँउ पालिका वडा नम्वर ३ मा नयाँ पर्यटकीय गन्तव्य फेला परेको छ । बतासे झर्ना नामले वोलाइने उक्त झरना राँके र गुम्बाडाँडाको माझवाट बग्ने निवु खोलाको मुहान क्षेत्रमा रहेको छ । मेची राजगमार्गको इलाम फिदिम सडक खण्डबाट १० मिनेट पैदल दुरीमा पुगिने बतासे झर्नासँगै निबु खोलामा बग्ने संङलो पानीले आन्तरिक र बाह्य पर्यटकको ध्यान आकर्षण गर्नसक्ने भन्दै फाल्गुनन्द गाँउ पालिका र झर्ना रहेको ३ नम्वर वडा कार्यालयले प्रबर्धनका लागि काम शुरु गरेका छन ।
पूर्बको पवित्र धार्मिक स्थल पाथिभरा जाने तथा मेची राजमार्ग हुदै यात्रा गर्ने यात्रुहरुको लागी निवु खोलामा गाडी रोकेर एकैछिन सुस्ताउने र प्राकृतिक आनन्द प्राप्त गर्ने थलोको रुपमा बतासे झरना देखिएको छ । भिडियोमा हेर्नुहोस झरनाको सुन्दरता