जनकपुरधाम : रेल गुड्न नपाउँदै जनकपुर-जयनगर रेलको लिक कमला नदीको बाढीले भत्काएको छ। अविरल वर्षापछि कमला नदीमा आएको उच्च पानीको बहाबले छर्की तोडेर रेलको लिक भत्काएको हो।
पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनरबा टोलमा कमलाको पानीले लिक भत्काएको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनियर विनोज ओझाले जानकारी दिए।
जयनगर-जनकपुर रेलको लिकमाथि करिब ५ फिटसम्म पानी तीव्र रुपमा प्रवाह हुन थालेपछि करिब ६० देखि ७० मिटरसम्मको लिकमा क्षति पुगेको ओझाले जानकारी दिए।
इनर्वाबाहेक महोत्तरीको खुट्टापिपडाढीमा समेत बाढीले लिक ट्रयाक बगाएको छ। बाढीले रेलको ट्रयाक बगाएको बारे आफूहरुले भारतीय पक्षलाई जानकारी गराइसकेको ओझाले बताए। यस सम्बन्धी थप विवरण सहितको समाचार अन्नपुर्णपोष्ट डटकममा प्रकाशित छ ।