पोखरीमा डुबेर नाबालिकाको मृत्यु

लहान । पोखरीमा डुबेर सिरहाको औरही गाउँपालिका–५ बबनटोलीमा एक नाबालिकाको मृत्यु भएको छ । सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर स्थानीय भरत यादवको अढाई वर्षीया छोरी अन्सु यादवको मृत्यु भएको हो ।

पोखरीमा डुबेर सिकिस्त भएकी अन्सुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र औरही लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । –रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार