सुनसरी, असार २१ गते । सुनसरीको दुहबी नगरपालिका-८ स्थित पशुपति सिलप्याक ईन्टरप्राईजेज सोनापुरको फ्याक्ट्रीमा काम गर्ने क्रममा लडेर एकजना कामदारको मृत्यु भएको छ । हिजो दिउँसो १ बजेको समयमा भारत फारबिन्सगंज घर भइ हाल सोही फ्याक्ट्रीमा कामदारका रुपमा रहेका बर्ष ३५ का महेन्द्र सिंह काम गर्ने सिलसिलामा १ तला माथिबाट झरेर गम्भिर घाईते भएका थिए ।
उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा आज अपरान्ह ४ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।