
असार २१, सिरहा: सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ। वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
(रासस)