विमाको रकम को लोभमा छोरी मार्ने बाबुको नालिबेली (भिडियो सहित)

रौतहट । रामकिशोर यादवले जेठ १९ मा ४ वर्षीया छोरीको नाममा २५ लाखको जीवन बीमा गराए । रौतहट मौलापुर नगरपालिका–६ का ३९ वर्षीया यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा बीमा बापतको पहिलो किस्ता करिब पौने २ लाख रुपैयाँ पनि जम्मा गरे । यहिबीचमा कसैले उनलाई भनिदियो ‘बीमा गरेको एक महिनामै यदि बिमकको निधन भएमा दुई गुणा रुपैयाँ फिर्ता पाइन्छ ।’ अर्थात ५० लाख । त्यसपछि उनको मनमा पैसाको भूत चढ्न थाल्यो ।

अब उनले चार वर्षीया छोरी लक्ष्मी राय यादवलाई तह लगाउन योजना बनाए । असार १६ गते राति सुतिरहेकी छोरीको घाँटी थिचेर हत्या गरे । शवलाई उनले नजिकैको पोखरीमा फ्याकिदिए । राति आमासँगै सुतिरहेकी छोरीलाई पोखरीको डिलमा लगेर नाकमुख थुनेर हत्या गर्दै पोखरीमा फालिदिए । भिडियोमा हेर्नुहोस थप विवरण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार