
काठमाडौँ – मुलुकभर शुक्रबारको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बदलीका कारण केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।
देशको पश्चिम भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । (देस सञ्चार)