तुलसीपुर। सभामुख कृष्णबहादुर महराले नेपालको इतिहासमा आयुर्वेदको निकै अर्थपूर्ण महŒव रहेको बताएका छन् । दाङको तुलसीपुरमा आयोजित आयुर्वेदसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताएका हुन् । उनले बिरामी हँुदा वा चोटपटक लाग्दा वन जंगल, भिरपाखा र खेतबारीमा पाइने जडिबुटीले निको (सन्चो) गर्ने गरेकाले परारम्भिक चरणदेखि नै आयुर्वेदको महŒव रहँदै आएको बताए ।
काँचो केरा, जामुन र काफलको बोक्रा, दुधेझार प्राचीन औषधि भएको बताउँदै महराले आधुनिक उपचारको पद्धतिको इतिहास भर्खरै सुरु भएको बताए । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरको आयोजनामा भएको ग्यास्ट्रिक हुँदा भीष्म र हात काट्दा लगाउने दूधे झारले त्यति बेलाको समयमा सञ्चो हुने गरेको उनले बताए । ‘मेरो पुख्र्यौली घर अगाडि दुईवटा ठूला सिउँरीका रूख थिए,’ सभामुख महराले भने, ‘आज मलाई तिनै सिउँरी रूखको सम्झना आएको छ किनकि सिउरी पनि आयुर्वेदको प्रतीक हो । ’
नेपाल प्राकृतिक स्रोतको धेरै सम्भावना भएको देश भएकाले यसकोे स्थानीय स्तरबाट संरक्षण र प्रर्वद्धन गर्नुपर्ने आवश्यक रहेको धारणा व्यक्त गर्दै कीर्तिपुरमा अत्यधुनिक आयुर्वेद अनुसन्धान केन्द्र, तालिम केन्द्र स्थापना गरिएकाले कुन प्रकृतिका प्राकृतिक स्रोत नेपालमा पाइन्छ भनेर अनुसन्धान गर्ने थलोका रूपमा लिइएको उनको भनाइ छ ।
यस्तै, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनस्वास्थ्यमा सवैको पहुँच पु¥याउन १९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको बताए । उपमहानगर क्षेत्रमा रहेका राप्ती प्रादेशिक अस्पताल, आँखा अस्पताल, राप्ती र क्षेत्रीय आयुर्वेद अस्पताललगायतका अस्पताल र निजी स्वास्थ्य संस्थासँग समन्वय गरी तुलसीपुरलाई स्वास्थ्य उपचारको केन्द्रका रूपमा विकास गर्नेगरी योजना प्रक्रियालाई अघि बढाएको नगर प्रमुख पाण्डेले बताए ।
सो अवसरमा आयुर्वेद निर्देशनालयका आयुर्वेद विज्ञ डा. बुद्धि पोखरेल, नेपाल संस्कृत विश्वविद्यालय अध्यन संस्थानका डिन सञ्जय पोखरेल र आयुर्वेद चिकित्सालय तुलसीपुरका निमित्त प्रमुख आश्मा केसीले नेपालको मौलिक चिकित्सा पद्धतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले आयुर्वेद पद्धतिको विकासका लागि सातवटै प्रदेशमा ५० शøयाको अस्पताल, ७५३ स्थानीय तहमा आयुर्वेद चिकित्सकसहितको आयुर्वेद स्वास्थ्य संस्था स्थापना, आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रको स्थापना र जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्नुपर्ने बताए । (रासस)