पाँचथरको अमरपुरमा ट्याक्टर दुर्घट्ना, एकको मृत्यू ३ घाइते

पाँचथर ः पाँचथरको हिलिहाङ गाँउ पालिका १ आमवोेटेमा ट्याक्टर दुर्घट्ना हुँदा १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचथरको याङवरक ३ ओयाम निवासी ३१ वर्षीय सुरेन्द्र सेलिङ छन । दुर्घट्नामा सन्दकपुर ३ इलामका २० वर्षीय लिला सुन्दास, पाँचथर याङवरक ३ का कुमार लिम्बू र याङवरक ३ ककै अजय सेलिङ घाइते भएका छन ।

निर्माणाधिन पुष्पलाल मध्यपहाडी लोकमार्गको १ नम्वर प्याकेजमा काम गरिरहेको उक्त ट्रयाक्टर सामग्री र कामदार लिएर अमरपुरवाट सालिङगे जाने क्रममा मंगलवार अपरान्ह तीनवजे अनियन्त्रित भइ सडकभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेहरुलाइ उपचारार्थ पाँचथर अस्पताल तर्फ ल्याउनका साथै घट्नाको प्रकृति मुचुल्का तयार गर्न प्रहरी खटाइएको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार