एसइई नतिजाः १६ हजार बढीले ल्याए ए प्लस, सामुदायिक विद्यालय देखिए कमजोर

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज (बिहीबार) नतिजा प्रकशित गरेको हो । प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन् ।

यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन् । जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए । जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन् । राष्ट्रिय परीक्षा बोर्डको वैठक लगत्तै परीक्षाफल प्रकाशित गरिएको हो ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुपरेमा प्रति विषय ५ सय तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उहाँले बताउनुभयो ।नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ ।

यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ । यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ । यसका साथै नेपाल टेलिकमको वेबसाइट कभभ.लतअ.लभत.लउ मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

नजितामा सामुदायिक विद्यालय कमजोर

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एसईईको नजितामा सामुदायिक विद्यालय कमजोर देखिएको छ । राज्यको ठूलो रकम लगानी भएको सामुदायिक विद्यालय तर्फका विद्यार्थीको उत्तीर्ण प्रतिशत निजी विद्यालयको भन्दा कमजोर देखिएको हो ।

राम्रो ग्रेड ल्याउने अधिकांश विद्यार्थी निजी विद्यालयबाट परेका छन्। ए प्लस अर्थात् विशिष्ट श्रेणीमा उत्तीर्ण भएका १७ हजार पाँच सय ८० विद्यार्थीमध्ये सामुदायिक विद्यालयबाट दुई हजार सात सय ९७ जना मात्र रहेका छन् ।

त्यस्तै ८० देखि ८९ प्रतिशत पाउने विद्यार्थीले ए (उत्कृष्ट) नतिजा ल्याउनेमध्ये ५१ हजार तीन सय ३७ जना विद्यार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार २२३ मात्र रहेका छन्। त्यस्तै बी प्लस ल्याउने ६३ हजार सात सय ४१ जनामध्ये २६ हजार तीन सय ६६ सामुदायिक विद्यालयबाट परेका छन् ।

बी ल्याउने ७६ हजार पाँच सय ६४ मध्ये ५३ हजार सात सय ३० जना सामुदायिक विद्यालयबाट परेका छन् । यस्तै, नेकपाकी सचेतक शान्ता चौधरीले एसईई परीक्षामा ‘बी’ ग्रेड ल्याएर उत्र्तिण हुनुभएको छ । अभिनेत्री करिश्मा मानन्धरले ३ जीपीए नम्बर सहित उत्तिर्ण हुनुभएको छ । (NRN)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार