चट्याङ् लागेर तीन बालकको मृत्यु

दाङ । दाङमा चट्याङ् लागेर तीन जना बालकको मृत्यु भएको छ । आज साँझ साढे ६ बजेतिर परेको चट्याङ्ले राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्षकै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो ।

साथै सोही रुखमा चढेका बिनासका भाई ८ बर्षीय अविनास चौाधरी भने गम्भीर घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले बताएको छ । (NRN)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार