देशभर बन्दको आशिंक प्रभाव, बनेपामा बिहानै विस्फोट

असार १०,२०७६: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । बिहानैदेखि आशिंक रुपमा सवारी साधन चलेका छन् भने शिक्षण संस्था पनि वन्द भएका छन् । उपत्यकाका विभिन्न रुटमा चल्ने सवारी केही मात्रामा मात्रै चलेका छन्। लामो दुरीका सवारी साधन नचले पनि छोटो दुरीका सवारी भने आशिंक रुपमा चलेको हाम्रा खवरसहयात्रीले जनाएका छन् ।

देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ । ठाउँठाउँमा हतियारसहितका प्रहरी परिचालन गरिएको छ। उपत्यका बाहिर पनि बन्दको प्रभाव आशिंक परेको बन्दको पूर्व सन्ध्यामा बिहानै देशका केही ठाउँमा शंकास्पद बस्तु फेला परेका छन् ।

अछामका दुईवटा वडा कार्यालयमा आगजनी भएको छ । गयराति अज्ञात समूहद्वारा पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको हो ।

यसैविच, नेत्रविक्रम चन्द विप्लव समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । विप्लव समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको हो । (NRN)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार