लुटिएको नगद र हत्यामा प्रयोग भएको खुकुरी सहित बैंक कर्मचारी हत्यामा संलग्न पक्राउ

पाँचथर : पाँचथरको गोपेटार स्थित एनएमबि माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख –(डिएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोलीले तामाङको हत्यामा संलग्न हिलिहाङ ६ का १९ वर्षीय घनेन्द्र लावती लाइ विहिवार साँझ ८ वजे पक्राऊ गरेको हो । हत्या पछि फरार रहेका अभियुक्तको खोज तलास गर्ने क्रममा प्रहरीले तामाङको साथवाट लुटिएको ८१ हजार ७० र हत्यामा प्रयोग भएको खुकरी पनि वरामद गरेको छ ।

हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालन सँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । घट्ना लगत्तै विभिन्न कोणवाट अनुसन्धान शुरु गरेको प्रहरीले लावतीलाइ हिलिहाङ ५ गाँउमै लुकेर वसेको अवस्थामा पक्राउ गरेको जनाएको छ । लावतीले पैसाकै लोभमा तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि प्रहरीले जनाएको छ । इलामको माइ जोगमाइ घर भएकी २० वर्षीय तामाङ एनएमवि माइक्रोफाइनान्स गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा कार्यरत थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार