पाकिस्तानी सेना र आइएसआईको आलोचक पत्रकारको हत्या

एजेन्सी । पाकिस्तानको शक्तिशाली सेना र जासूसी एजेन्सी आइएसआईको आलोचना गर्ने एक जना २२ वर्षे पाकिस्तानी ब्लगर एंवम पत्रकारलाई अज्ञात व्यक्तिले हत्या गरिदिएको छ ।पाकिस्तानको चर्चित समाचारपत्र ‘डोन’ले प्रहरीलाई उल्लेख गर्दै यो समाचार लेखेको छ । घटना हुनुअघि पत्रकार मोहम्मद बिलाल खान आफ्नो एक जना नातेदार एहतेशामसँग थिए । त्यही समय उनलाई फोन आयो र त्यसपछि उनलाई एक जना व्यक्तिले नजिकको जंगल लिएर गएका थिए ।

खानको ट्वीटरमा १६ हजार, यू–ट्युवमा ४८ हजार र फेसबुकमा २२ हजार फलोअर्स छन् । प्रहरी अधिकारी सद्दर मलिक नईमले खानमाथि इस्लामाबादको जी९÷४ क्षेत्रमा आक्रमण भएको बताए । आक्रमणमा परेका खानलाई अस्पतालमा गम्भीर रुपमा घाइते अवस्थामा हस्पताल पु¥याइएको थियो तर ठूलो चोटका कारण उनको मृत्यु भयो ।

उनको नातेदार पनि गम्भिर रुपमा घाइते भएकाले उनलाई अस्पताल भर्ना गरिएको छ । नईमका अनुसार आक्रमणकारीले हत्याको लागि चक्कुको प्रयोग गरेका थिए । तर केही व्यक्तिले बन्दुक चलाएको आवाज पनि सुनेको बताएका छन् । ब्लगर तथा पत्रकार खानको हत्यापछि ह्यासट्याग ‘जस्टिस फर मोहम्मद बिलाल खान’ पाकिस्तानी समाजिक संजालमा ट्रेण्डमा छ ।

कयैन ट्वीटर प्रयोगकर्ताले पाकिस्तानी सेना र आईएसआईको आलोचक भएका कारणले उनको हत्या भएको लेखेका छन् । एक व्यक्तिले ट्वीटमा भनेका छन् ,‘ पाकिस्तानी पत्रकार मोहम्मद बिलाल खानलाई इस्लामावादले आइतबार गोली हानेर हत्या गरिदियो । खान शक्तिशाली सेना एवम उसको कुख्यात जासूसी एजेन्सीको आलोचकको हिसाबमा चिनिन्थे ।’

मृतकको पिता अब्दूल्लाले खानको शरीरमा धारिलो निशान रहेको बताए । घटनाको बारेमा आतकंवाद विरोधी कानूनसमेत विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ । खानको पिताले यस घटनाबाट मानिसमा भय उत्पन्न भएको बताए । (राताेपाटी बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार