युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली अहिले स्वदेश आउदै

१ असार २०७६: प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै हुनुहुन्छ । यही जेठ २५ गते स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आज बिहान साँढे १० बजे काठमाडौं उत्रिने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभएको छ ।

अधिकारीका अनुसार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शनिबार साँझ ५ बजे स्विट्जरल्यान्डको जेनेभाबाट कतार एयरवेजको विमानमा स्वदेशका लागि प्रस्थान गरेको थियो ।प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको जेनेभामा अन्तर्रा्िष्ट्रय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुनुभएको थियो । २ दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत पुग्नुभएको हो ।

बेलायतमा छँदा समकक्षी थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग ओलीले भेटघाट गर्नुभएको थियो । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्न भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्रीको बेलायतदेखि फ्रान्ससम्मको रेल यात्रा, विविसीमा अंग्रेजी भाषामा दिएको अन्तवार्ता, उपलब्धीहिन सामान्य भेटघाट तथा घुमघाममा भुलेको भन्दै आलोचना पनि भएको छ ।

प्रधानमन्त्री ओलीको यो दोस्रो कार्यकालको नवौँ विदेश भ्रमण हो । (radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार