एक झिल्को चट्याङले सिंगो गाउँ सखाप

नेपालगन्ज– बाँकेको राप्तीपारीस्थित ‘छोट्की चौफेरी’ मा चट्याङबाट निस्केको आगोको झिल्कोले पुरै गाउँ सखाप भएको छ। हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका वडा नम्बर १ मा रहेको गाउँका ३८ वटा घर जलेर नष्ट भएको हो। स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो।

गाउँमा रहेका ३८ वटा घर जलेर नष्ट भएपछि मात्र मध्यान्ह सवा १२ बजेतिर आगो पूर्ण रुपले नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी चौकी खडैचाबाट प्रहरी सहायक निरीक्षक कबिन्द्र कठायतको नेतृत्वमा पाँच जनाको टोली खटिएको थियो। भौगोलिक विकटताले गर्दा घटनास्थलमा दमकल पुग्न नसक्दा धेरै घरमा क्षति पुगेको बताइएको छ। यस सम्बन्धी थप विवरण सहितको समाचार आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार