यसरी सञ्चालन हुदैछ काठमाण्डौ र पोखरमा इपीएस परिक्षा

काठमाण्डौ ।। रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाका लागि आज र भोलि भाषा परीक्षा हुने भएको छ । परीक्षार्थीले काठमाडौं र पोखराबाट भाषा परीक्षा दिने छन् । भाषा परीक्षाका लागि यसपटक ९२ हजार ३ सय ५६ युवाले फर्म भरेका थिए। यो संख्या २००८ पछिकै सबैभन्दा बढी परिक्षार्थीको आवेदन हो ।

चैत ८ देखि दश दिनसम्म खुलेको आवदेनमा युवाहरूले अनलाइन प्रणालीबाट फर्म भरेका थिए । आगामी वर्ष अर्थात् सन् २०२० का लागि सञ्चालन भएको परीक्षाबाट कोरियाले १० हजार ५० युवालाई छनोट गर्नेछ । यस मध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० छानिने छन् भने कृषि क्षेत्रमा ३ हजार युवाको नाम प्रकाशित हुनेछ ।

दुई दिनका लागि तोकिएको परीक्षा दुई सिफ्टमा हुनेछ। पहिलो सिफ्टको परीक्षा १० बजे हुनेछ । दोश्रो सिफ्टको लागि दिउँसो १ः३० बजेको समय निर्धारण गरिएको छ ।

परीक्षार्थीलाई एक घण्टा अभिमुखीकरण तालिम दिने भएकाले इपिएस कार्यालयले निर्धा्िरत समय भन्दा दुई घण्टा अघि नै परीक्षा केन्द्रमा प्रवेश गर्न आह्वान गरेको छ । परीक्षार्थीका लागि २८ केन्द्र काठमाडौंमा तोकिएको छ भने ४ केन्द्र पोखरा तोकिएको छ । परीक्षाको नतिजा असार १३ मा प्रकाशित हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार