पाँचथर २३ जेष्ठ ।। पाँचथर सदरमुकाम फिदिमको आगो नियन्त्रणमा पाँचथर सदरमुकाम फिदिममा लागेको आगो नियन्त्रणमा आएको छ । फिदिम नगरपालिकाको दमकलसँगै सेना प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।
दिँउसो १ वजे मध्य वजार स्थित काल्दाइ मिठाइ पसलबाट सुरु भएको आगो फिदिम नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी र स्थानीय नागरिकको प्रयासमा नियन्त्रणमा आएको हो । आगलागीबाट भएको क्षतीको विवरण आउन बाँकी रहेको छ । यद्धपी २ होटल, १ फलफुल पसल, १ किराना पसलमा पूर्ण क्षती पुगेको छ भने छेउमा रहेका केही पक्की घरहरुमा समेत क्षती पुगेको छ । हाल सम्म मानविय क्षतिको भने केही विवरण आएको छैन् ।