रुपन्देही गैडहवा गाउँपालिका १ भुजौलीका असिरुद्दिन मुसलमान ९२३० र सोही स्थानकी सबनम नाउँ ९१८० बीच प्रेम सम्बन्ध थियो। असिरुद्दिनको परिवार आर्थिक सम्पन्न थिए। सबनमहरु कमजोर। उनीहरुको फुसको घर थियो। परिवार मजदुरी गरेर खान्थ्यो। दुवै छिमेकी थिए। असिरुद्दिनकै घरमा चामल केलाउने आदी काम गर्थिन् सबनम। काम गर्दै जादाँ दुवै जना बीच प्रेम भयो।
दुवै जना निकै घुलमिल भए। घरपरिवारसँग लुकीलुकी राति खेतमा भेटघाट गर्न लागे। ‘सबनमलाई भेट्दा निकै रमाइलो लाग्थ्यो’ असिरुद्दिन भन्छन् ‘उनीसँगको कुराकानीले दिनभरीको सबै दुःख पीडा हराउँथ्यो।’ प्रेम सुरु भएको दुइ÷तिन दिनमै कुराकानी गर्नका लागि असिरुद्दिनले मोबाइलसमेत दिए। लुकीलुकी घण्टौँसम्म फोनमा कुराकानी हुन थाल्यो। कुनैदिन कुराकानी हुन नसके छटपटीन्थे दुवै जना। साढे दुइ वर्ष पुगेको थियो उनीहरु प्रेम सम्बन्ध। तर, उनीहरुको प्रेम सम्बन्धमा त्यती बेला खटपट उत्पन्न भयो जब सबनमले असिरुद्दिनसँग भागी विवाह गर्ने प्रस्ताव राखिन्। १८ वर्षीय सबनमको केही महिना पश्चात विवाह हुने टुंगो लागेको थियो। घरमा विवाहको कुरा चलेपछि सबनमले असिरुद्दिनलाई भागी विवाह गर्ने प्रस्ताव राखिन्।
‘घरमा विवाहको कुरा टुँगो लाग्ने भएपछि सबनमले मलाई पटक पटक भागी विवाहको प्रस्ताव राख्दै आएकी थिइन्’ असिरुद्दिनले अन्नपूर्ण पोस्ट्सगँ भने ‘तर म तत्कालको लागि उनको प्रस्तावमा तयार थिइन।’ उनका अनुसार सबनमले ५÷६ महिना अघिदेखि नै भागी विवाह प्रस्ताव राख्दै आएकी थिइन्। ‘म भागी विवाह गर्ने पक्षमा थिइन। मैले सबनमलाई घरमा समस्या छ। वातावरण मिलाउनुपर्छ। केही समय पर्ख म तिमीलाई आफ्नै घरमा भित्रयाउन्छु भनेको थिए’ उनले दावी गर्दै भने ‘तर उनी मान्दै मानिनन्।’
तत्कालका लागि घरमा भित्रयाउन दुवैको प्रेमबीच आर्थिक हैसियतको विषय देखिएको घटनाको अनुसन्धानमा संग्लन अधिकारी बताउँछन्। सबनमले लुकीलुकी मोबाइलको प्रयोग गरिरहेको उनकी आमाले थाहा पाएपछि मोबाइल खोसेर राखिन्। त्यसपछि कुराकानी गर्न समस्या प¥यो। दुवै जनाले वैशाख ३० गते दिउँसो भेटेर राति भेटघाट गर्ने सहमती जनाए। सबनम सम्बन्धित स्थलमा घर नजिकै गएर कुरेर बसिरहेकी थिइन्। असिरुद्दिन पनि आफ्ना दुई जना साथी लिएर सबनमलाई भेट्न पुगे। त्यसको करिब दुइ दिनपछि जेठ १ गते सबनम घरबाट करिब ५ सय मिटर टाढा मृत अवस्थामा फेला परिन्। उनले दुइ वटा कुर्ता लगाएकी थिइन्। असिरुद्दिनका अनुसार उनी आफुसगँ भाग्नका लागि घरबाट दुइ वटा कपडा लगाएर आएकी थिइन्।
‘घटनाको प्रकृति हेर्दा नजिककै व्यक्तिबाट हत्या भएको हुनसक्ने हाम्रो अनुमान थियो र सोही ट्रयाकमा अनुसन्धान गर्दै जादाँ साथीहरुको सहयोगमा असिरुद्दिनले हत्या गरेको खुलेको छ’ रुपन्देहीका एसपी हृदय थापाले भने। प्रेम गरेर विवाहको इच्छा नदेखाएका असिरुद्दिनले योजनाबद्ध रुपमा साथीसहित सबनमको हत्या गरेको एसपी थापाले बताए। उनले बैशाख ३० गते राति हत्या गरेर पुन ३१ गते राति असिरुद्दिन र उनका साथीहरुले शवलाई हत्या गरेको स्थान देखि अर्को खुल्ला स्थानमा स्थानन्तरण समेत गरेको अनुसन्धानमा खुलेको बताए। उनका अनुसार हत्या गरेको रात शवलाई रुखका पातहरुले ढाकेर असिरुद्दिनर उनका साथीहरु गएका थिए। हत्या गरेर शव फेला परेका दिन असिरुद्दिन भारत तर्फ फरार भए।
असिरुद्दिन फरार भएपछि घटनालाई राजनितिक रङ्ग दिने निकै प्रयास भएको थियो। आन्तिरक रुपमा प्रहरी उपर पनि दबाब बढ्दै गइरहेको थियो। राजनितिक रङ्ग अनुसार स्थानीयले असिरुद्दिन परिवारको घरसमेत आगजनी गरेका थिए। आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय तीन जनालाई नियन्त्रणमा समेत लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ। अन्ततः रुपन्देही प्रहरीले घटनाको सफल अनुसन्धान गरेर सबनम हत्या घटनामा प्रहरीले घटनामा संग्लन अभियुक्तहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
घटनाका अभियुक्त असिरुद्दिन र उनका साथी कपिलवस्तु वाणगंगा नपा १० का अस्लम मुसलमान ९२१० पक्राउ परेका छन्। एक जना अझै फरार छन् जसको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
विवाहको विषयको विवादले आफुले उनको हत्या गरेको असिरुद्दिनले स्वीकारेका छन्। ‘सबनमले ओढेको चुन्नीले उसको घाँटी कसेर हत्या गरेको थिए’ असिरुद्दिन भन्छन् ‘घाँटी कस्दा उ चिच्याउन खोजीरहेकी थिइ। छट्पटी रहेकी थिइ। तर मैले चुन्नी छोडेन र घाँटी कसेको ३÷४ मिनेटमै उसले श्वास फेर्ने छाँडी।’ सँगै मर्ने सँगै बाँच्ने कसम खाएकी सबनमले आफ्नो कसममा प्रतिवद्ध रहे पनि सबनमसँगै मर्ने कसम खाएका असिरुद्दिन नै अन्तिममा सबनमको हत्यारा बन्न पुगे। असिरुद्दिन भन्छन्– ‘धेरै माया गर्थी मलाई सबनमले तर म नै आज उसको हत्यारा बने। ठूलो गल्ती भएको छ मबाट। जे सजाए हुन्छ त्यो भोग्न तयार छु।’ (अन्नपूर्ण बाट)