ढुङ्गामा लौरोले हिर्काउँदा नौमती बाजाको आवाज !

जेष्ठ ६, २०७६

म्याग्दी– कुनै ढुङ्गामा हात या लौराले हान्दा बाजाको जस्तै आवाज आउने कुरा तपाईं कल्पना गर्न सक्नुहुन्छ ? तपाईंलाई लाग्दा ढुङ्गामा हिर्काउँदा पनि बाजा बजेको जस्तै आवाज आउँछ र ?

तर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको एउटा ढुङ्गामा हिर्काउँदा भने नौमती बाजाको आवाज निस्किन्छ ।
म्याग्दीमा यस्तो ढुङ्गा रहेको चर्चा हुन थालेपछि यहाँ आउने पर्यटकको संख्या समेत बढ्दै गएको छ ।

रोचक कुरा त के भने यो ढुङ्गामा विभिन्न बाजाका आकृति पनि देखिन्छ । जुन बाजाको आकृतिमा तपाईंले हिर्काउनुभयो त्यसमा त्यहि बाजाको आवाज आउँछ । रासस

तस्वीर– रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार