
संचार सम्वन्धी विभिन्न विधेयकहरुप्रति आपत्ति जनाउदै आएका पत्रकारहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । केही दिनदेखि नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतका संघसंस्थाहरुले विवादित विधेयकका विरुद्धमा आन्दोलन गर्दै आएका छन् ।
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल बिधेयक, बिज्ञापन सम्बन्धि बिधेयक र सूचना प्रबिधी बिधेयक फिर्ता लिन माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । महासंघद्धारा पुर्वघोषित कार्यक्रम अनुसार पत्रकारहरुले आज कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्न थालेका छन् ।
त्यसैगरी महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल कार्यक्रमको समेत उनीहरुले आयोजना गरेका छन् ।
महासंघले पर्सी जेठ ३ गते काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधनसहित बृहद प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम तय गरेको छ । त्यसैगरी नेपाल प्रेस
युनियनका शाखाहरुले पनि आज सवै जिल्लामा विवादित विषयहरुका बारेमा सरोकारवालाहरुका बीचमा अन्तक्र्रिया आयोजना गरेको छ ।
प्रेस काउन्सील सम्वन्धी नयाँ विधेयकमा पत्रकारलाई समाचार लेखेकै कारण एक करोड सम्म जरिवाना हुने र १५ बर्ष सम्म जेल सजाय हुनेलगायतका व्यवस्था रहेकाले सरकार र विधेयकको सर्वत्र विरोध भइरहेको छ ।