चट्याङ लाग्दा खोटाङमा एकै परिवारका ४ सहित ८ जना घाइते

२०७६ बैशाख ३० सोमबार

खोटाङ: हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा ८ जना गम्भीर घाइते भएका छन्।

आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका रेनुका विष्ट, उनकी छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन्।

घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए। उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याएका थिए।

घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। उनको स्वास–प्रश्वासमा समस्या देखिएको छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार