नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली बैशाख २८

कैलालीको लम्किचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ।

लम्कीचुहा–७ निवासी मनोज चौधरीका छोरा जिटी फारवेस्ट एकेडेमी हरैयापुरमा कक्षा ४ मा अध्यनरत नौ वर्षीयसुदीप र पर्शु चौधरीका छोरा सोही विद्यालयमा कक्षा ४ मा अध्यनरत नौ वर्षीय समरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

शनिबार बिहान करीब १० बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरुको करीब ३ः३० बजेतिर शव भेटिएको थियो। शव टीकापुर अस्पतालमा परीक्षणका लागि पठाइएको वडाध्यक्ष हरिराम चौधरीले जानकारी दिए ।
रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार