अवैध नेटवर्किङमा संलग्न १२ भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं । प्रहरीले दरबारमार्ग्स्थित होटल याक एण्ड यतिबाट नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, केन्द्रीय अनुन्धान ब्यूरो र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले सूचनाको आधारमा नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा भारत लखनउ घर भएका वर्ष ३३ को अजित कुमार सिंह, भारत इलाहावाद घर भएका वर्ष ३२ को मोहमद सारजिल, भारत छत्तिसगढ घर भएका वर्ष ४५ को निरज कुमार मिश्र, भारत उत्तरप्रदेश घर भएका वर्ष ४३ को अशोक कुमार, भारत छत्तिसगढ घर भएका वर्ष ४३ को गिरि उपाध्याय छन् ।

यस्तै भारत उ१र प्रदेश घर भएका वर्ष ४० को रमेश रामा, छत्तिसगढ गुजरात घर भएका वर्ष २२ को आयुष उपाध्याय, उत्तर प्रदेश घर भएका वर्ष ३८ को सुनिल उपाध्याय, उत्तरप्रदेश घर भएका वर्ष ३२ को काशिफ सकिल, वर्ष ३२ को गजेन्द्र कुमार सिंह र नयाँदिल्ली घर भएका वर्ष ४३ को रसिद नसिम पक्राउ परेका हु ।

उनीहरुले होटलको रुम लिएर लिएर शुक्रवार ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिइरहेका थिए । उनीहरुले प्रशिक्षणको लागि भनेर भारतबाटै २ सयजना भन्दा बढिलाई नेपाल ल्याएका थिए ।

रसिद साइन ज्वाइन गुप्रका डारेक्टर समेत हुन् । डाइरेक्टर रसिद नासिङसहित १२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख (डीएसपी) विनोद घिमिरेले जानकारी दिए ।

उनीहरुले गत वर्षदेखि नै ठगी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको बोगटीले जानकारी दिए । उनले भने, ‘गत वर्ष नै उनीहरुले २ जना महिलाको ९६ लाख ठगेको अनुसन्धानमा खुल्न आएको छ ।’

नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले जानकारी दिए ।

नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले गए राति होटलमा छापा मारेको थियो । स्राेत राताेपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार