वृद्ध दम्पतीमाथि राति घरमै छिरेर कुट पिट, गरगहना लुटियो

२०७६ बैशाख २५

पूर्वी चितवनको राप्तीमा बुधबार बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन्। उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेलको घरमा बुधबार बिहान करीब २ बजे दुई जनाको समूहले मास्क लगाएर चोरी गर्ने क्रममा पोखरेल दम्पतीलाई आक्रमण गरेको हो। सो क्रममा पोखरेल र श्रीमती ६५ वर्षीया मनरुपा घाइते बनेका छन्।

उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको जनाइएको छ। उनीहरुको साथबाट रिङ् र सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ।

पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार