बालकको शव हत्या गरेको अवस्थामा फेला

धनुषा: धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या भएको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन ।
बेपत्ता आर्यनको शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी क्षन्स्पेक्टर सरोज राईले जानकारी दिएका छन ।
आर्यनको शव घर नजिकैको बारीमा फेला परेको छ । शवको प्रकृति निकै दर्दनाक भएको उनले बताए । आधा घाँटी काटेको अवस्थामा शव फेला परको छ । “

यसरी हराएका थिए बालक

आर्यन सोमबार साँझ हरियो रङ्गको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए । उनी खेल्न थालेपछि परिवारका सदस्यले बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए । त्यही बीचमै आर्यन बेपत्ता भएको उनका परिवारले जनाएको छ । बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए । पछि बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई समेत दिइएको थियो ।

अपहरण पछि हत्या

प्रहरी र गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए । आज बिहान राति नै खोजिएको ठाउँ घर नजिकैको खेतमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार