श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

वैशाख २४, २०७६

काठमाडौँ — राजधानीको बागबजारमा श्रीमतीको हत्या गरेको आरोपमा काभ्रे घर भएका एक युवक पक्राउ परेका छन् । गत शनिबार २३ वर्षीय श्रीमती निर्मला नेपालको हत्या गरेको अरोपमा काभ्रेको भुम्लु घरभएका २७ वर्षीय पुष्कर भनिने राजकुमार पहाडीलाई प्रहरीले पक्राउ गरेको हो ।

बागबजारमा डेरा गरेर बस्दै आएका उनीहरुबीचशनिबार राति कोठामा झगडा परेको थियो। राजकुमारले निर्मलाको कपाल समातेर पिटेको प्रारभ्भिक अनुसन्धानमा खुलेको छ।

भोलिपल्ट ९ बजेसम्म श्रीमती नउठे पछि राजकुमारले आफन्तलाई खबर गरेका थिए। निर्मला मृत फेला परेपछि प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार