विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, थप विवरण आउँदै

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने बिषयमा प्रहरीसँग झडप हुँदा काभ्रेमा गोली चलेको छ।

महानगरीय अपराध महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको महाशाखा स्रोतले जानकारी दिएको छ ।

महाशाखाका अनुसार प्रहरीले विप्लव समूहका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। मंगलबार राति महाशाखाबाट खटिएको एसपीको टोलीले रोशी गाउँपालिकामा गोली चलाएको हो । घटनाको थप विवरण आउन बाँकी रहेको खबर नेपाल समाचारपत्रको अनलाइन संस्करणमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार