यि हुन नेपालमै पहिलोपल्ट विद्यालयमा जागिर पाउने नर्स !

इटहरीः नर्स भन्ने वित्तिकै अस्पताल वा स्वास्थ्य संस्थामा मात्रै हुन्छन भन्ने बुझिन्छ तर प्रदेश १ सरकारले अब विद्यालयमै नर्स नियुक्त्त गर्ने पक्का भएको छ ।

प्रदेश १ सरकारले विद्यालयमा स्वाथ्य, यौन प्राथमिक उपचार लगायतका शिक्षा किशोर किशोरीलाइ प्रदान गर्ने उद्धेश्यले नर्स राख्ने भएको हो । सुरुवातमा १४ जिल्लाका १४ सामुदायिक विद्यालयमा नर्स नियुक्त्त हुन लागेका हुन् । हरेक जिल्लाका एउटा सार्वजनिक विद्यालयमा नर्स राख्ने भन्दै प्रदेश सरकारको सामाजीक विकास मन्त्रालयले गत फागुन ६ गते सार्वजनिक सूचना निकालेको थियो ।

यि हुन प्रदेश १ का १४ विद्यालयमा पहिलोपटक नियुक्ति पाँउने नर्सहरु

ताप्लेजुङः थेचम्बु माध्यमिक विद्यालयमा सर्मिला गुरुङ पाँचथरः गणेश माध्यमिक विद्यालयमाआस्थापोखरेल

इलामः आदर्शमाध्यमिक विद्यालयमा दीक्षा खतिवडा झापाः देवी माध्यमिकविद्यालयमा प्रतिभा थापा

मोरङः पोखरिया माध्यमिक विद्यालयमा प्रतिभा बगजाइ सुनसरीः बालमन्दीर माध्यमिक विद्यालयमा नितु पोखरेल

धनकुटाः अरुणेदय माध्यमिक विद्यालयमा विना पुर्वछाने तेह्रथुमः वसन्त माध्यमिक विद्यालयमा एलिसा ढुंगाना

सङ्खुवासभाः सरस्वती माध्यमिक विद्यालयमा आयुषा राई भोजपुरः श्री तिम्मा माध्यमिक विद्यालयमा उपासना राई

सोलुखुम्बुः श्री जनजागृति माध्यमिक विद्यालयमा संगीता घिमिरे ओखलढुंगाः श्री ज्ञानज्योती माध्यमिक विद्यालयमा उर्मिलाअधिकारी

खोटाङः श्री राष्ट्रिय माध्यमिक विद्यालयमा सुमति सैचा उदयपुरः बालमन्दिर माध्यमिक विद्यालयमा पुनम कार्की

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार