नेपालको जनसंख्या पुग्यो ३ करोड, दैनीक झण्डै ११ सय जना बढ्दै

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले सोमबारको अनुमानित जनसंख्या २ करोड ९५ लाख ६ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसंख्या देख्न पाइन्छ। प्रक्षेपण बोर्डले नेपालको जनसंख्या दैनिक १ हजार ६४ देखि १ हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ।

जब कि गत वर्ष प्रतिदिन १ हजार ७० देखि १ हजार ८४ जनासम्म बढ्ने गरेको देखाउँथ्यो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ। विभागले आगामी २०७८ साल असार ८ गते नेपालको जनसंख्या तीन करोड ३ लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ । विभागका निर्देशक शंकरलाल श्रेष्ठले जन्मदर, मृत्युदर र बसाइ सराइका आधारमा जनसंख्या प्रक्षेपण गर्ने गरिएको बताए। उनले भने, ‘प्रक्षेपण गरिएको जनसंख्या बढ्न पनि सक्छ, घट्न पनि सक्छ।’

विभागले २०६८ सालमा राष्ट्रिय जनगणना गर्नुअघि नेपालको जनसंख्या दुई करोड ८४ लाख पुग्ने प्रक्षेपण गरेको थियो। जबकि जनगणनाले जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको देखाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार