
बर्दिया फागुन २४ ।। विहानको उज्यालो घाम संगै लक्ष्मि वस्नेतको दिनको सुरुवात हुन्छ , आफनो ९ महिनाको छोरी अनि १२ वर्षिय जेठि छोरीको कोखबाट जन्मिएकी नातिनिको स्याहार सूसारबाट । सुगम जिल्ला भएर पनि दुर्गम जिल्लाको नियति भोग्नु परेको बर्दियाको गेरुवा गाउपालिका वार्ड न ४ खोनपुरकी लल्मि बस्नेतको पिडा अहिले समाजका लागी वहसको बिषय बनेको छ ।
दुइ सन्ताकी आमा बनेकी लक्ष्मि अहिले नातिनि अनि दुइ छोरीलाई स्याहार सूसार गर्नमै दिन वित्छ , समाजमा दिनहु जसो उनिहरुको कुरा हुने गर्दछ चाहे त्यो चिया पसलमा होस वा कुनै सार्वजनिक स्थानमा तर लक्ष्मिलाई त्यस कुरा संग मतलब छैन उनलाई चिन्ता छ त केवल दुई छोरी अनि नातिनिको । लक्ष्मि वस्नेत उनका श्रीमान तुलबहादुर वस्नेतकी दुई सन्तान दुइबटै छोरी, एउटि कक्षा ७ मा अध्ययनरत भावना वस्नेत अर्कि ९ महिनाको छोरी दिन चर्या सहजै कटदै थिए । जेठि छोरी भावना वस्नेत विद्यालय अध्ययनरत रहदा आफनै कक्षामा अध्ययन गर्ने १४ वर्षका नन्दबहादुर रावत सग सम्वन्ध गासीएपछि दुवै जना विच सारिरीक सम्वन्ध हुदा अहिले १२ वर्षिय भावना वस्नेत आमा वनेकी छिन । जव भावना वस्नेत दुइ जिउकी भएन त्यस दिन देखि आमा लक्ष्मिले माइतैमा राखेर छोरीको स्याहार सुसार गरिन अहिले आफुले आफनी ९ महिनाकी छोरी सगै सुत्केरी १२ वर्षिय छोरी भावना र भर्षर जन्मिएकी नातिको स्याहार सूसार गरिरेहेकी छिन ।
१२ बर्षिय वालिका घरमै सुत्केरी भएर बच्चा जन्माएपछि सुत्केरीले पाउनु पर्ने स्याहार सुसार राम्रो सग पाउन सकिरहेकी छैनन , उनका लागी पौष्टिक आहार आकासको फल जस्तै भएको छ । उनको दुध पनि पर्याप्त मात्रामा आउदैन । घरमै बच्चा जन्मेको अनि १२ बर्षकै उमेरमा वच्चा जन्माएपछि समाजमा त्यो परिवारलाई हेर्ने दृष्टिकोण समेत सकारात्मक नभएको सोहि वडाका दलित वडा सदस्य जय बेला भेरिकारले बताउनु भयो ।
यस विषयमा गाउपालिकामा जानकारी गराएपनि कुनै वास्ता नगरेको उहाको आरोप छ । विद्यालयमा सगै अध्ययरत रहदा माया प्रिति वसेपछि छोटो समयमै १२ वर्षिय भावना र १४ बर्षिय नन्दबहादुर रावत विच प्रेम सम्वन्ध पछि सारिरिक सम्वन्धमा परिणत भएपछि करिब ३ महिना पछि मात्र भावनाकी आमा लक्ष्मिलाई थाहा भएको थियो । नन्दबहादुर रावत बुवा आमा नभएका टुहुरा वालक हुन उनि आफनो दिदि गौरी वस्नेतको घरमा वस्दै आएका थिए ।
अहिले भावना आफनो छोरीको हेरचाहमा व्यस्तै छिन भने नन्दब्ँहादुर विद्यालय समेत जान सकिरहेका छैनन । जिल्लामा बालविवाह सम्वन्धि थुप्रैकाम गरेको दावि गर्ने संघ सस्थाहरुले बर्दियामा वालविवाह अन्त्य भएको दावि गरेतापनि यो घटनाले कहाँ र कसका लागी लगानि भैरहेको छ भनेर प्रश्न चिन्ह खडा गरिदिएको छ । दीपक शर्मा