तनहुँ, २१ फागुन ।। तनहुँको बन्दीपुर-३ तामुङबाट दमौली तर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप व्यास नगरपालिका-१२ स्थित घाँसीकुवामा दुर्घटना हुँदा दुर्इ जनाको मुत्यु भएको छ ।
उक्त दुर्घटनामा परी बन्दीपुर-३ रामकोटका ७५ बर्षीय बुद्धि बहादुर थापा मगरको दमौली अस्पतालमा र जीप चालक व्यास-१४ केशवटारका विमल घर्तीको उपचारका लागि पोखरा लग्ने क्रममा बाटोमै मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परि गम्भिर घाइते भएकी ६० वर्षीय देविमाया थापालाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य १० जना घइतेको दमौलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराए ।
गुडिरहेको अवस्थामा जीपको अगाडीको टायर पन्चर हुँदा सडकबाट करिब दश मिटर तल खसेको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।